कोरोना बीमा दाबी भुक्तानी गर्न कम्पनीहरुलाई संघको निर्देशन
वि.सं.२०७९ मंसिर २ शुक्रवार १८:१२
shares

काठमाडौं, २ मंसिर । नेपाल बीमक संघले कोरोना बीमा दावी रकम भुक्तानी गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । संघले शुक्रबार निर्देशन जारी गर्दै सबै कम्पनीहरुलाई आ–आफ्नो हिस्सामा परेको रकम भुक्तानी गर्नका लागि निर्देशन दिएको हो ।
संघका अध्यक्ष चंकी क्षेत्रीले शुत्ररबार सबै कम्पनीहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् । बीमक संघले कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढी भुक्तानी आकस्मिक बीमाकोषबाट मिलान गरी संचित मुनाफामा सार्न सकिने कम्पनीहरुलाई जानकारी गराएको छ । सो खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने बीमा प्राधिकरणले आश्वासन दिएको समेत पत्रमा उल्लेख गरिएको छ ।
यसले गर्दा बीमा कम्पनीहरुको वित्तिय विवरणमा खासै ठूलो असर नपर्ने संघले जनाएको छ । संघले कोरोना बीमा दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको मात्रै दाबी भुक्तानी गर्न समेत भनेको छ । समानुपातिक रुपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दाबी संख्या भन्दा बढी रकम नदिन समेत निर्देशन दिइएको छ ।


















