Dhulikhel Eco Banner new

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना बीमाको भुक्तानी हुन्छ

9.4K
shares

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्इक्ष सूर्य प्रसाद सिलवालले लामो समयदेखि रोकिएको कोरोना बीमा वापतको दावी भुक्तानी हुने बताएका छन् । उनले कोरोना बीम भुक्तानी दिनका लागि बीम समिति सकारात्मक रहेको भन्दै एकमुष्ट हुने दावी समेत गरे ।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले बीमा क्षेत्रमा पछिल्लो समय व्यापक नै सुधार भएको दावी समेत गरेका छन् । बीमाको दायरा पनि फराकिलो बन्दै गएको र आम नागरिकमा बीमाबारे चेतना बढ्दै गएको अध्यक्ष सिलवालले बताए ।