GBIME

विजयबहादुर बने यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष

1.07K
shares

काठमाडौैं, ३० चैत । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासंघको मंगलबार सम्पन्न अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो ।

उनी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासंघले बताएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, हरिशरण केसी र ऐनकुमार शाही निर्वाचित भए छ । महासंघको महासचिवमा भने डेकनाथ गौतम र उपमहासचिवमा पुरूषोत्तम सिंखडा, शम्भू रिजाल र गगन रोका चयन भएका छन् । यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्ष अर्जुन गौतम निर्वाचित भएको महासंघले बताएको छ ।