Dhulikhel Eco Banner new

नेको इन्स्योरेन्सको नाफा १७ करोड ६० लाख

4.73K
shares

काठमाडौं, २९ माघ । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।

कम्पनीले गत पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ११.४६ प्रतिशतले घटेर ८७ करोड २५ लाख रुपैयाँ सीमित छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड २ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड १६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।