Dhulikhel Eco Banner new

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जर सम्झौता

5.84K
shares

काठमाडौं, २९ माघ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीच एक–आपसमा मर्जर गर्ने विषयमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनी बीच मर्जरको प्रारम्भिक सम्झौता भएको हो ।

सम्झौतामा आइएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।

मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।