सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे
वि.सं.२०७९ चैत १२ आइतवार १७:५०
shares

काठमाडौं, १२ चैत । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । सानिमा र रिलायन्स लाइफ मर्ज भएपछि बनेको कम्पनीको सीईओका लागि पाण्डेको नाम बीमा प्राधिकरणमा पठाइएको थियो । प्राधिकरणले पाण्डेको नाममा स्वीकृतिदिएसँग उनले कम्पनीको नेतृत्व गर्ने भएका हुन् ।
दुई कम्पनी मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव समेत छ ।
राष्ट्र बैंकमा ३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए । अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो । नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए ।



















