सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:२२
shares

काठमाडौं, २६ कात्तिक । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको हो।
शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले बताएको छ।














