Dhulikhel Eco Banner new

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.93K
shares

काठमाडौं, २६ कात्तिक । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा १ लाख ६६ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार १ हजारले घटेर तोलामा १ लाख ६५ हजार कायम भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ९५५ रुपैयाँमा कायम भएको छ ।