Dhulikhel Eco Banner new

म्याग्दीमा महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम

4.64K
shares

काठमाडौं, २६ जेठ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वडा नम्बर ४ को नारच्याङ्गमा “यूवासँग महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको हो ।

२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम गत वर्ष २०७८ असोज महिनाबाट संचालनमा ल्याएको थियो ।

बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भईसकेको छ । पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउन लागेको पनि जनाइएको छ ।

जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय र्सिजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकि थिइन् । लक्ष्मण आचार्यले संचालन गरेको कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताइन् ।