Dhulikhel Eco Banner new

एभरेष्ट इन्स्योरेन्सको शेयर सदस्यबीच कुटाकुट

5.49K
shares

काठमाडौं, ३ असार । एभरेष्ट इन्स्योरेन्सको बिहिबर भएको साधरणसभामा शेयर सदस्यबीच कुटाकुट भएको छ ।

सामान्य कुरामा विवाद हुँदा कुटाकुट भएको सभामा उपस्थित एक सदस्यले बताएका छन् । सभामा सर्वसाधारण शेयर होल्डर शिव प्रसाद पौडेल र डमरु वल्लव घिमिरेबीच विवाद बड्दै गएपछि झगडा भएको थियो ।

सदस्य शत्रुघन श्रेष्ठले आफूलाई कुटपिट गरेको भन्दै महानगरीय प्रहरी वृत्त कमलपोखरीमा उजुरी दिएका छन् । श्रेष्ठले आफ्नो पैसा हराएको, मोबाईल फुटाइएको र शरीरमा चेटपटक लागेको भनेर प्रहरीमा उजुरी दिएका छन् ।

अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हिमालयन जनरल इन्स्योरेन्समा मर्जरमा जाने सम्बन्धी प्रस्ताव राखेर विशेष साधारणसभा बोलाईएको थियो ।