Dhulikhel Eco Banner new

मेक्सिकोबाटा अमेरिका उडेको विमानको इन्जिनमा आगलागी

6.14K
shares

काठमाडौं, १० भदौ । मेक्सिकोको ग्वादालाहाराबाट अमेरिकाको लस एन्जलस गइरहेको भिभा एयरोबस विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । मंगलवार राति १० बजे टेकअफ गरेको केही मिनेटमै आगो लागेको जानकारी पाए पछि विमानलाई आकस्मिक रुपमा अवतरण गरिएको थियो ।

सो विमानका यात्रुहरूले ड्वांग आवाज सुनेका थिए । त्यसपछि उनीहरूले झिल्का आएको र दाहिने इन्जिनबाट आगोको लप्का झरेको देखेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । आत्तिएका यात्रुहरूले विमान कर्मचारीलाई आगोको बारेमा बताएपछि पाइलटहरूले तत्कालै विमानलाई विमानस्थलमा उतारेका थिए ।

घटनाको भिडियो फूटेजमा रातिको समयमा विमानको इन्जिनबाट आगोका ठूला लप्का निस्केको देखिएको छ । सो विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सकुसल रहेको जनाइएको छ । विमानमा १८६ जना यात्रु रहेका थिए । भिभा एयरोबस कम मूल्यमा यात्रा गराउने र हरित विमान भएको दाबी गर्छ ।

मंगलवार उडेको एक घन्टामा विमान ग्वादालाहारा विमानस्थलमा फर्किएको थियो । त्यहाँबाट लस एन्जलस विमानस्थल पुग्न २ घन्टा ४० मिनेट लाग्छ । बुधवार बिहान उक्त एयरलाइन्सले यात्रुहरूलाई लस एन्जलसका लागि अतिरिक्त उडानको व्यवस्था गरेको थियो । एजेन्सी