Dhulikhel Eco Banner new

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान

5.53K
shares

काठमाडौं, २४ असोज । यो वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सोमबार अर्थशास्त्रीहरु बेन बेर्नान्के, डोग्लास डायमण्ड र फिलिप डाइब्भिगलाई संयुक्त रुपमा अर्थशास्त्रअन्तर्गतको सन् २०२२ को नोबेल पुरस्कार प्रदान गरिएको हो ।

नोबेल पुरस्कार वितरण गर्ने ‘रोयल स्वीडिस एकेडेमी अफ साइन्सेन्स’का अनुसार तीन अर्थशास्त्रीहरुलाई बैंक तथा वित्तिय क्षेत्रको संकटमाथि गरेको अनुसन्धानका लागि यो पुरस्कार वितरण गरिएको हो । पुरस्कार पाउने तीनै जना अर्थशास्त्रीहरु अमेरिकी हुन् ।