Dhulikhel Eco Banner new

शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि आईपीओ ल्याउने

4.56K
shares

काठमाडौं, ५ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ खुला गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र २ लाख २२ हजार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १९ लाख ९७ हजार ७७८ कित्तामध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि र ४४ हजार ४०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन फागुन २२ गतेभित्र दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले “ईक्रा एनपी इस्यूअर रेटिङ डबल बी” रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीले यो रेटिङ गत मंसिर २५ गते पाएको हो भने आगामी मंसिर २४ गतेसम्म रेटिङ बहाल रहनेछ ।