Dhulikhel Eco Banner new

एन्थ्रोपिकको आईपीओले ५ हजारभन्दा बढी कर्मचारी करोडपति बनेको दाबी

832
shares

काठमाडौं, ४ मंसिर । एआई कम्पनी एन्थ्रोपिकले सेयर बजारमा प्रभावशाली सुरुवात गरेसँगै आफ्ना करिब ५ हजार १०० कर्मचारीलाई करोडपति बनाएको बताइएको छ ।

कम्पनीले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रतिकित्ता ८३ अमेरिकी डलर मूल्यमा जारी गरेको थियो । यससँगै कर्मचारीहरूसँग रहेको कम्पनीको सेयरको अनुमानित बजार मूल्य उल्लेख्य रूपमा बढेको छ ।

रिपोर्टअनुसार, कम्पनीका करिब ६०० कर्मचारीसँग १० करोड अमेरिकी डलरभन्दा बढी मूल्यका सेयर छन् । त्यस्तै, कम्पनीका झन्डै ९६ प्रतिशत कर्मचारीसँग कम्तीमा १० लाख अमेरिकी डलर मूल्य बराबरका सेयर रहेको बताइएको छ ।

यद्यपि, यी रकम वास्तविक नगद आम्दानी नभई सेयरको अनुमानित बजार मूल्य हुन् । उक्त लाभ वास्तविक आम्दानीमा परिणत गर्न कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्नुपर्ने हुन्छ । त्यसपछि लाग्ने करसमेत कटाउँदा उनीहरूको वास्तविक आम्दानी फरक हुन सक्छ ।