Dhulikhel Eco Banner new

आ-आफ्नो कम्पाउण्डभित्र मात्रै होली मनाउन जिल्ला प्रशासन काठमाडौंको निर्देशन

1.95K
shares

काठमाडौं, १५ फागुन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी होली पर्वमा आ–आफ्नो घर वा कम्पाउण्ड भित्र मात्र पर्व मनाउन निर्देशन दिएको छ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रुपमा आआफ्नो घर कम्पाउण्ड भित्र अरु कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरु सँग यो पर्व मनाउन बाधा नपर्ने तर खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकुलका गतिविधि नगर्नरनगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ ।’

जिल्ला प्रशासनले सार्वजनिक गरेको सूचनामा विगतका वर्षहरूमा होली पर्व मनाउने क्रममा अनावश्यक भिडभाड, तडकभडक कार्यक्रम, जबर्जस्ती रंग हान्ने, पानीको फोहोरा फ्याँक्ने र मादक पदार्थको सेवनजस्ता गतिविधिहरू बढेको उल्लेख गर्दै यस वर्ष ती सबै गतिविधि नगर्न आग्रह गरिएको छ।

सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(घ) अनुसार सार्वजनिक स्थानमा निर्वाचन चिन्ह वा उम्मेदवारको तस्वीर अंकित कपडा, भेष्ट, टोपी, टि–सर्ट, ज्याकेट, गम्छा, मास्क वा व्याच लगाएर होली मनाउन पूर्ण रूपमा प्रतिबन्ध गरिएको जानकारी समेत दिइएको छ।