स्वाभिमान लघुवित्तको लाभांश घोषणा
वि.सं.२०८२ फागुन १७ आइतवार १०:३७
3.19K
shares
shares

काठमाडौं, १७ फागुन । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण हुनेछ।



















