Dhulikhel Eco Banner new

नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ जना कर्मचारी माग

2.04K
shares

काठमाडौं, ६ चैत । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ७५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणका अनुसार प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक तथा सहायक पदहरूमा कर्मचारी माग गरिएको हो।

इच्छुक नेपाली नागरिकहरूले अनलाइन माध्यमबाट चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।