Dhulikhel Eco Banner new

सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त

5.03K
shares

काठमाडौं, १३ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रदान गरेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको सञ्चार तथा सूचना प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री पोखरेललाई दिने निर्णय गरेको जनाएको छ।

सरकारको निर्णय सार्वजनिक गर्ने, नीतिगत विषयमा स्पष्टता दिने तथा आम नागरिकलाई सही र समयमै सूचना उपलब्ध गराउने जिम्मेवारी अब मन्त्री पोखरेलमार्फत सम्पादन गरिनेछ।