Dhulikhel Eco Banner new

आठ महिनामा अन्तर–बैंक कारोबार घटेर ७ खर्ब ४३ अर्बमा सीमित

4.32K
shares

काठमाडौं, १९ चैत । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा अन्तर–बैंक कारोबार घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल ७ खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ, जसमा वाणिज्य बैंकहरूको ६ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब १४ अर्ब १५ करोड रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा भने कुल १२ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो। यसले चालु वर्षमा अन्तर–बैंक कारोबार उल्लेख्य रूपमा घटेको देखाएको छ।