Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

650
shares

काठमाडौं, १७ वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य १ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको सुन बिहीवार घटेर प्रतितोला २ लाख ९२ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँ कारोबार भएको चाँदी बिहीवार ४ हजार ८ सय १० रुपैयाँमा कायम भएको हो ।