Dhulikhel Eco Banner new

पाँच अर्बभन्दा कमका आयोजनामा विदेशी ठेक्केदार सहभागि हुन नपाउने

5.6K
shares

काठमाडौं, २१ असार । अब ५ अर्बभन्दा कम लागतका आयोजनामा विदेशी ठेक्केदाले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । सरकारले सार्वजनिक खरिद नियमावली २०६४ मा १२ औँ संशोधन गरेर ५ अर्बभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेक्केदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरे पछि विदेशी ठेक्केदारले यो प्रक्रियामा सहभागि हुन नपाउने भएका हुन् ।

नियमावली संशोधन पछि पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि ३ अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा मात्रै यस्तो व्यवस्था रहेको थियो ।

निर्माण व्यवसायीहरूले नियमावलीको ११औं संशोधनमा गरिएको व्यवस्था व्यवसायीको हितमा नभएको भन्दै विरोध गरेका थिए । ११औं संशोधनमा त्यसअघि १० वर्षभित्रको अनुभवको व्यवस्थालाई हटाएर ५ वर्ष कायम गरिएकोमा १२औं संशोधनले भने पुरानै १० वर्षे अनुभवको व्यवस्थालाई निरन्तरता दिएको छ ।

त्यसैगरी, नियमावलीमा दुई करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम बराबरको एउटा ठेक्का पाउने व्यवस्था गरेको छ । साथै, ५ करोड रुपैयाँभन्दा बढीको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ६० प्रतिशत रकम बराबरको आयोजनाको ठेक्का पाउने व्यवस्था गरेको छ ।