जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा
वि.सं.२०८३ जेठ ८ शुक्रवार १२:२२
shares

काठमाडौं, ८ जेठ । जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गदै १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय गरेको हो ।
जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ र १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।
गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको हो ।
















