Dhulikhel Eco Banner new

वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात

1.94K
shares

काठमाडौं, १९ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै  सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट  १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनले यस अवधिमा तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा  चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो ।

यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसीरराजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने  दुई अर्ब ७४ करोडकोे सिमी र राजमा आयात भएको थियो । चालु आवको १० महिनामा  एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने  दुई अर्ब १७ करोडको आयात भएको थियो ।

चालु आवको १० महिनामा ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।