Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत

923
shares

काठमाडौं, २२ जेठ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर सोमबारदेखि कारोबार आउनेछ । कम्पनीको शेयर एसओपिएल टिकरमा कारोबार हुनेछ।