सुनको भाउमा सामान्य वृद्धि
वि.सं.२०७९ असार ३० बिहीवार १२:०२
5.95K
shares
shares

काठमाडौं, ३० असार। बुधवार सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ ५ रुपैयाँले गिरावट आएको थियो । आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँमा कारोवार हुदैछ । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १ हजार २८० मा कारोवार हुदैछ ।

















