बढ्यो सुनको मूल्य
वि.सं.२०७९ साउन १२ बिहीवार ११:१७
shares

काठमाडौं । आज बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँका दरले बढेको छ ।
नेपाल सुुनचाँदी व्यवसायी माहासंघका अनुसार आज ९४ हजार ८ सय रूपैयाँ मुल्य कायम भएको र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।त्यस्तै चादी तोलामा ३० रुपैयाँका दरले बढेको छ ।
चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो भने चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।















