स्वाभिमान लघुवित्तको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ साउन १२ बिहीवार १०:५४
4.55K
shares
shares

काठमाडौं, १२ साउन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
स्वाभिमान लघुवित्तले केही शेयरधनीहरुले बिक्री गर्न खाजेको १ लाख २० हजार ८५ कित्ता शेयर लिलामीमा राखेको हो ।
पहिलो पटक गत जेठमा लघुवित्तले लिलामी मार्फत संस्थापकहरुबाट आवेदन माग गरेकोमा आवेदन आएको थिएन ।
दोस्रो पटक सूचना सार्वजनिक गर्दै सर्वसाधारणबाट आवेदन माग गरेको लघुवित्तले १५ दिनभित्र आवेदन दिन भनेको हो । रुपन्देहीको तिलोत्तमा ५ मा रहेको लघुवित्तको मुख्य कार्यालयमा आवेदन दिनुपर्ने बताइएको छ ।















