आँखुखोला जलविद्युत आयोजनाको नाफा दुई हजार प्रतिशतभन्दा बढी
वि.सं.२०७९ साउन १५ आइतवार ०९:५८
shares

काठमाडौं, १५ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य मात्रामा मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षकोभन्दा २ हजार २५८.६५ प्रतिशले बढी मुनामा आर्जन गरेको छ ।
कम्पनीले गत वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १० लाख ५२ हजर रुपैयाँ मात्रै थियो । सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा ११.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ । असार मसान्तसम्ममा ८० करोड चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

















