साधना लघुवित्तले कमायो ११ करोड बढी नाफा
वि.सं.२०७९ साउन १५ आइतवार ०९:४४
shares

काठमाडौं, १५ साउन । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ११ करोडभन्दा बढीको खुद नाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षमा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.८३ प्रतिशतले बढी हो ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी बढेपति सञ्चालन खर्च र कर्मचारी खर्च बढेकाले नाफामा उल्लेख्य वृद्धि हुन नसकेको हो ।
लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ ।

















