Dhulikhel Eco Banner new

युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

5.36K
shares

काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए ।

विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनका कारण अब युवाले आन्दोलन गर्नुनपर्ने बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकेमा देश विकास हुने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर चौधरी, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, विभिन्न मुलुकका प्रतिनिधिले युवा वर्गलाई उद्यमशील तथा सिर्जनशील बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । दिवसका अवसरमा भृकुटीमण्डप आसपास क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।