Dhulikhel Eco Banner new

हल्का देखि मध्यम वर्षाको सम्भावना

4.5K
shares

काठमाडौं, ३१ साउन । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

केहि स्थानहरुमा भारी वर्षाको सम्भावना भएकाले रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ।