Dhulikhel Eco Banner new

१३ नम्बर ब्रोकरलाई आर्थिक जरिमाना

5.15K
shares

काठमाडौं, ३१ साउन । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थ्राईभ ब्रोकरेजलाई कारवाही गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृति नलिएर शाखा कार्यालय खोलेको भन्दै ५० हजार रुपैयाँ जरिमाना गरिएको हो ।

बोर्डले सूचना जारी गरेर धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उप दफा ६ बमोजिम जरिमाना गरिएको उल्लेख गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था रहेको ।

तर थ्राईभ ब्रोकरेजले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ मा शाखा कार्यालय स्थापना गरिएकाले कारबाही गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।