Dhulikhel Eco Banner new

नेपाल वन निगमले गर्यो सीईओको माग, आवेदन दिन के-के चाहिन्छ ?

4.51K
shares

काठमाडौं, ६ भदौ । वन मन्त्रालय अन्तर्गतको नेपाल वन निगम लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद परिपुर्तिका लागि आब्हान गरेको छ ।

इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन आग्रह गरेको छ ।

उक्त पदमा मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।