Dhulikhel Eco Banner new

नेपाली नर्स बेलायत पठाउने विषयमा सम्झौता

4.73K
shares

काठमाडौं, ६ भदौ । बेलायतले नेपाली नर्सलाई शून्य लागतमा रोजगारीका लागि लैजाने विषयमा सम्झौता भएको छ । रोजगारीका लागि बेलायतले स्वास्थ्य क्षेत्रमा जनशक्ति लैजाने विषयमा सोमबार दुई पक्ष बीच सम्झौता भएको हो ।

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमबा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बेलायतले केही समय अघि दक्षिण एशियाली मुलुकबाट करिब १ लाख स्वाथ्य जनशक्ति भित्र्याउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार अहिले यो सम्झौता भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डुण्डुराज घिमिरेले जानकारी दिए ।

एनका अनुसार बेलायतले पहिलो चराणमा करिब २०० जना नर्स लैजाने छ । बेलायती नागरिक सरह सेवा सुविधा हुने र शुन्य लागतमा जान पाइने गरी सम्झौता भएको हो । त्यसका लागि आवश्यक भाषा परिक्षा भने दिनु पर्ने छ । नेपालले बेलायत जाने नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारको अवधि (भिसा) ५ वर्षको हुनुपर्ने प्रस्ताव गरेको छ ।