आप्रवासी श्रमिकप्रति कठोर बन्दै कतार, ज्याला माग गर्ने श्रमिकलाई देश निकाला
वि.सं.२०७९ भदौ ८ बुधवार ११:३२
shares

काठमाडौं, ८ भदौ । कतारले पछिल्लो समय आप्रवासी श्रमिक प्रति कठोर कदमहरु चाल्दै आएको छ । विश्वक आयोजक राष्ट्र कतारले भौतिक संरचना निर्माण कार्य सकिए पछि श्रमिकप्रति कठोर व्यवारह गरिरहेको हो ।
विश्वकप आयोजनाको दावि गर्दा नै पर्याप्त जनशक्ति नभएको प्रश्नमा विदेशबाट श्रमिक ल्याएर समयमा काम सक्ने दाबी पेश गरेर आयोजनाको जिम्मा पाएको कतारले अहिले पारिश्रमिक नपाएको भन्दै आवाज उठाउने श्रमिकलाई देश निकाला गर्न थालेको छ । ज्याला नपाएको विरोधमा उत्रिएका आप्रवासी श्रमिकहरुलाई कतार सरकारले देश निकाला गरेको हो ।
पारिश्रमिक नपाएको भन्दै ६० जना आप्रवासी श्रमिकले निर्माण कम्पनी अल बन्दारी इन्टर्न्याशनल ग्रुपको दोहास्थित कार्यालय अगाडि अगस्ट १४ मा र्याली गरेका थिए । आन्दोलन गरेका कतिपय श्रमिकले ७ महिना देखि ज्याला नपाएको बताएका छन् । कति जनालाई देश निकाला गरियो भन्ने विषयमा एकिन तथ्यांक प्राप्त नभएको भए पनि आन्दोलन गरिरहका श्रमिकलाई पक्राउ गरेर देश निकाला गरिएको अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएका छ ।
समाचारमा जनाइएका अनुसार इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी देश निकाल हुनेमा नेपाल, बंगलादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहका छन् । कतारले देश निकाला गरेका श्रमिकहरुलाई त्यहाँका सुरक्षा कानुन तोडेको आरोप लगाएको छ ।
सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाए यता त्यहाँ रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण तेज भएको थियो । त्यति खेर नै कतारले आप्रवासी श्रमिक पमाथि दमन गरेको भन्दै त्यसको विरोध भएको थियो ।
अहिले देश निकालामा परेका श्रमिकहरु विश्वकप तयारीकै लागि कतार पुगेका श्रमिकहरु रहेको समाचारमा जनाइएको छ । यता कतार सरकारले भने मर्कामा परेका श्रमिकको सबै ज्याला दिने बताउँदै आएको छ । तर व्यवहारमा भने त्यस्तो देख्न पाइएको छैन् । अल बन्दारी ग्रुपका विरुद्धमा यसअघिदेखि नै श्रमिकलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको कम्पनी हो ।- बीबीसी

















