Dhulikhel Eco Banner new

दाङमा पनि निर्वाचनको चर्चा

5.02K
shares

काठमाडौं, ८ भदौं । तीन निर्वाचन क्षेत्र रहेको दाङमा आगामी सङ्घ र प्रदेशको निर्वाचनको चर्चा हुन थालेको छ । चिया पसल होस् वा पाटीपौवामा हरेक ठाउँमा अहिले निर्वाचनकै चर्चा छ ।

त्यसमा पनि नेकपामाओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एउटै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेकाले पनि थप चर्चा चुलिएको छ । महरा र पोखरेलले दाङ क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट महराले सोही क्षेत्रबाट विजयी हासिल गरेका थिए ।

पोखरेल क्षेत्र नं २ को प्रदेशसभा कबाट निर्वाचितभएका थिए। एउटै मोर्चाबाट चुनावी मैदानमा होमिएका उनिहरूबीच अहिले भने कडा टक्कर हुने देखिएको छ । अहिलेको सत्तापक्ष गठबन्धनले पनि महराका लागि दाङ क्षेत्र नं २ माओवादी केन्द्रलाई दिने आकलन गरिएको छ । त्यस्तै शङ्कर पोखरेलले पनि दाङ क्षेत्र नं २ लाई रोजेका छन् ।

कांग्रेसबाट पार्टीका लुम्बिनी प्रदेश समितिका उपसभापति राजु खनाल, कमलकिशोर घिमिरे, खगराज पाण्डे, गोपालराज शर्मा, कमानसिंह भारती, भरत न्यौपानेलगायतले आकाङ्क्षा व्यक्त गरेका छन् । एमालेबाट पनि लक्ष्मण आचार्य, बलिभद्र राणा, टोपेन्द्र केसी, गिरीराज केसीले पनि आकाङ्क्षा देखाएका छन् ।