Dhulikhel Eco Banner new

दशैँमा बाढी पहिरोको जोखिम

6.19K
shares

काठमाडौं, १६ असोज । दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । नेपालमा अझै पनि मनसुन सक्रिय रहेकाले ठूलो वर्षा र बाढी पहिरोको जोखिम रहेको मौसमविद्हरुले बताएका हुन् ।

आइतबार र सोमबार माघ लागे पनि नवमीका दिनदेखि देशभर नै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागले मौसम बुलेटीन सार्वजनिक गरेर सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान छ ।

दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटीमा उल्लेख गरिएको छ । यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ । यो हप्ताभरी नै मनसुन रहने अनुमान छ ।