धौलागिरी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १२:५६
shares

काठमाडौं, ३ कात्तिक । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । उक्त मूल्यमा आइतबार पहिलो कारोबार हुने छ ।

















