Dhulikhel Eco Banner new

काभ्रेमा तिहारअघि ‘घरदैलो’ सक्ने उम्मेदवारको योजना

4.75K
shares

काठमाडौं, ३ कात्तिक । प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागांईले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गरेका छन । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित दोलालघाट पुगेका हुमागाईले स्थानीयवासीसँग भेटघाटसँगै भएगरेका विकासका काम तथा अवको आवश्यकताकाबारे चासो दिइरहेका छन ।

नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहनुभएका हुमागाईले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आएका छन । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचासंहिता अनुसार आफू घरदैलोमा केन्द्रीत रहेको हुमागाईल बताए ।

“अहिले केही साथीसहित घरदैलोमा व्यस्त भएको छु, तिहारअघि आफ्नो क्षेत्रमा घरदैलो सक्ने योजना छ, त्यसपछि आयोगका अनुसार कात्तिक १८ गतेदेखि चुनावीसभामा केन्द्रीत हुनेछौँ”, हुमागाईंले भने । उनि हाल तालिका बनाएर गाउँगाउँ जाने गर्छन ।

यस्तै यस क्षेत्रअन्तर्गतका दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा एकीकृत समाजवादी०का लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’मा कांगे्रसका कञ्चनचन्द्र वादेपनि घरदैलोमै ब्यस्त छन ।