Dhulikhel Eco Banner new

पैसा बाँडेको आरोपमा एमाले प्रदेशसभाका उम्मेदवार पक्राउ

5.2K
shares

काठमाडौं, २ मंसिर । मतदातालाई पैसा बाँडेको आरोपमा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ का एमाले उम्मेदवार पक्राउ परेका छन् । निर्वाचनको मौन अवधिमा पैसा बाँडेको आरोपमा क्षेत्र नम्बर ५ ‘ख’ का उम्मेदवार दीपक निरौला सहित ३ जना पक्राउ परेका हुन् ।

उम्मेदवार निरौला सहित बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेको तीनै जानालाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।