GBIME

यी हुन् आज सबैभन्दा बढी कारोबार भएका कम्पनी

846
shares

काठमाडौं, ६ मंसिर । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर १,९२९ दशमलव ७० को विन्दुमा कायम भएको छ ।

आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनीको शेयर मुल्य घटेको छ । आज १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । बैंकको १२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको ८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।