Dhulikhel Eco Banner new

दैलेख क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै

6.38K
shares

काठमाडौं, ६ मंसिर । आइतबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यहि क्रममा कर्णाली प्रदेशको दैलेख निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले त्यहाँ अग्रता कायम गरेका छन् । उनले ९ हजार ८ मत सहित अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले २०५६ सालपछि विजय प्राप्त गर्न सकेको छैन् । २०५६ सालमा शिवराज जोशीले जितेपछि लगातार रुपमा त्यहाँ एमालेले जित्दै आएको छ । २०६४ सालदेखि लगातार रुपमा विजयी भएको क्षेत्रमा अहिले भने एमाले पछि परेको अवस्था छ । यो क्षेत्रमा अघिल्लो चुनावमा एमालेका राजबहादुर बुढा क्षेत्रीले जित हात पारेका थिए ।