निर्वाचनपछि घट्यो शेयर बजार, आज १ अर्बको मात्र कारोबार
वि.सं.२०७९ मंसिर ६ मंगलवार १५:१६
shares

काठमार्डौं, ६ मंसिर । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ७ दशमलव १३ अंकले ओरालो लागेको छ । निर्वाचनपछिको पहिलो कारोबारमा नै नेप्से परिसुचक ओरालो लागेको हो । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ३७ प्रतिशतले ओरालो लागेर १९२९ दशमलव ७० को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४७ अंकले ओरालो लागेको छ । आज भएका २४ हजार २ सय ४३ कारोबारबाट २२८ कम्पनीका ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ३३ करोड २८ लाख ८५ हजार ७ सय ७९ पुगेको छ ।

















