Dhulikhel Eco Banner new

आइएमई पे र बीग डिजिटलवीच सहकार्यमा ट्रिपल विश्वकप अफर

6.38K
shares

काठमाडौं, ६ मंसिर । आइएमई पे र बीग डिजिटलवीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १,००० फ्ल्याट छुट पाउनेछन् ।
साथै, ग्राहकहरुले ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन् ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

“आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन ।