पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:१४
5.84K
shares
shares

काठमाडौं, ७ मंसिर । पर्सा क्षेत्र नं ४ मा रमेश उम्मेदवार बनेका रमेश रिजाल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले–जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।



















