Dhulikhel Eco Banner new

सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको मूल्यमा सामान्य गिरावट

5.07K
shares

काठमाडौं, २० पुस । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो समय एक लाखभन्दा बढीमा कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार पनि ३०० रुपैयाँले वृद्धि भएको हो ।

साताको चौथो दिन नेपाली बजारमा छापावाल सुनको मूल्य ३०० ले बढेर १ लाख २ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्यमा पनि ३०० रुपैयाँले बढेको छ । तेजाबी सुनको मूल्य बुधबार तोलाको १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको चाँदीको मूल्य आज १ हजार ४०० रुपैयाँमा कारोबार भइहरेको छ ।