GBIME

‘खुला शासन नभइ लोकतन्त्र बलियो हुँदैन’

1.27K
shares

विराटनगर, ९ माघ । प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

खुला शासनका विषयमा अन्तरक्रिया गर्न आयोगको टोलि प्रदेश १ को विराटनगर पुगेको थियो । प्रदेश १ सरकारका मूख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विषय विज्ञका रुपमासूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि धारणा राख्ने सबैले खुला सरकार हुनुपर्ने बताएको आयोगकी सूचना आयुक्त कमला वलीले बताइन् ।

आयोगले खुला शासनका विषयमा देशव्यापी रुपमा विभिन्न प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । मंगलबार पनि प्रदेश १ विराटनगरमै सूचना हक सम्बन्धि कार्यक्रम आयोजना हुने सूचना आयुक्त वलीले जानकारी दिइन् ।