Dhulikhel Eco Banner new

१५ दिन भित्र जोरधाराका स्थानीयलाई खानेपाली पुर्‍याउँछौँ : खानेपानी उपभोक्ता समिति

6.42K
shares

काठमाडौं, ४ फागुन । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको जोरधारा खानेपानी संरक्षण समितिले त्यहाँका स्थानीयलाई दुई हप्ता भित्र खानेपानी पुर्‍याउने बताएका छन् । विगत ३ महिनादेखि बोरिङ मर्मत गर्नु परेकाले खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयलाई अबको १५ दिनभित्र खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको समितिका वरिष्ठ उपाध्यक्ष कुमार कसजुले बताए ।

बढ्दो जनसंख्याका कारण खानेपानीको मुहान अभाव भएपति यो समितिले २०६० सालमा बोरिङ निर्माणका लागि सप्ताहको आयोजना गरेको थियो । सप्ताहबाट संकलन भएको रकमले बोरिङ निर्माण गरेर त्यहाँका ३०० घर परिवालाई खानेपानी सेवा पुर्‍याउँदै आएको थियो । सो क्षेत्रमा जनसंख्या बढ्दै गएकाले २०६६ सालमा ५ लाख लिटरको भुमिगत पानी ट्यांकि निर्माण गर्नका लागि पनि पुनः सप्ताह लगाएर ट्यांकि निर्माण गरिएका थियो ।

३०० परिवार रहेको यो क्षेत्रमा अहिले बढेर १ हजार २०० परिवार पुगपछि खानेपानीको पुन अभाव भएको र स्थानीय सरकार, संघ तथा प्रदेशसँगको समन्वयमा अहिले बोरिङ मर्मत तथा केयुकेएलको पायप पनि विछ्याउने काम भइरहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले बोरिङ निर्माणका लागि स्थानीयहरुको पनि सक्रिय सहभागिता रहेकाले काम समयमा नै सकिने र पानी आपूर्ति हुने उनको भनाइ छ ।