Dhulikhel Eco Banner new

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन

5.68K
shares

काठमाडौं, १६ फागुन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

पुस १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १८ करोडभन्दा बढीको आधारमा ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरी ३ दशमलव ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।