Dhulikhel Eco Banner new

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

5.04K
shares

काठमाडौँ ,१६ फागुन । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पश्चात लागु हुनेछ र लागु गरे पश्चात् ग्राहकवर्गहरुले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।